२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

बस र ट्रक एक ठोक्कीँदा तीन जना घाइते

आइतबार ०४, फागुन २०७६ ०९:५८

बस र ट्रक एक  ठोक्कीँदा तीन जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


#accident

प्रतिकृया दिनुहोस