२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

मङ्गलबार २८, बैशाख २०७८ ०९:३८

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४/२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्‍चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्‍चिममा ४८, सिन्धुली र तनहुँमा ४७/४७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्‍चनपुरमा २८/२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५/१५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७/७ जना, बागलुङ र दैलेखमा ६/६ जना, म्‍याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २/२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्‍युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।


प्रतिकृया दिनुहोस