२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

भारतमा चुन खानीमा विष्फाेट, १० जनाको मृत्यु भएको आशंका

शनिबार २५, बैशाख २०७८ ०३:५१

भारतमा चुन खानीमा विष्फाेट, १० जनाको मृत्यु भएको आशंका

नयाँ दिल्ली (एजेन्सी) । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको ज्यान गएको छ । 

अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो ।

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त दुर्घटनामा अझै १० जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ । 

दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस