२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

भारतमा कोरोनाले एकैदिन ४१८७ जनाको मृत्यु

शनिबार २५, बैशाख २०७८ ११:२७

भारतमा कोरोनाले एकैदिन ४१८७ जनाको मृत्यु

काठमाडौँ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मंगलबार कोरोनाले ३ हजार ९ सय ९० को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भने भारतमा एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म २ करोड १८ लाख ९२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७९ लाख संक्रमणमुक्त भएका छन् ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १८ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिकृया दिनुहोस