२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

कोरोनाबाट एकै दिन ५८ जनाको मृत्यु

बुधबार २२, बैशाख २०७८ ०६:३२

कोरोनाबाट एकै दिन ५८ जनाको मृत्यु

काठमाडौँ । २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

यस्तै देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जनाए । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका प्रवक्ता गौतमले बताए ।


प्रतिकृया दिनुहोस