२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

पोष्टमार्टमका लागि शव बाेकेकाे जीप दुर्घटना, पाँच जनाकाे मृत्यु, पाँच घाइते

मङ्गलबार २१, बैशाख २०७८ ०४:३७

पोष्टमार्टमका लागि शव बाेकेकाे जीप दुर्घटना, पाँच जनाकाे मृत्यु, पाँच घाइते

बैतडी ।  पञ्चेश्वर गाउँपालिका– ६ का वडासदस्य गोबिन्द भण्डारीको शव  पोष्टमार्टमका लागि  जिल्ला अस्पताल ल्याउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।  

शव बाेकेर जिल्ला अस्पताल बैतडी आउँदै  गरेको जीप जिल्लाको  पञ्चेश्वर– ६ स्थित गणमेश्वर मोडमा दुर्घटना हुँदा स्थानीय ५० वर्षीय जितसिह भण्डारी, ३० वर्षीय डम्बर भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर दर्शन खड्काले बताए । 

यस्तै दुर्घटनामा घाईते भएका चालक तेजबहादुर बोहाराको पनि अस्पताल ल्याउदै गर्दा बाटोमानै मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य पाँच जना घाईते छन् । घटनाकाे कारण र बिस्तृत विवरण आउन बाँकी रहेको खड्काले बताए । 

वडासदस्य भण्डारीकाे साेमबार चट्याङ लागेर मृत्यु भएकाे थियाे । 


प्रतिकृया दिनुहोस