२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

काठमाडाैंमा एकै परिवारका तीनजनामा कोरोना संक्रमण आशंका, पाटन अस्पताल भर्ना

सोमबार ०१, बैशाख २०७७ ०७:१८

काठमाडाैंमा एकै परिवारका तीनजनामा कोरोना संक्रमण आशंका, पाटन अस्पताल भर्ना

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा काेराेना संक्रमणकाे आशंका गरिएकाे छ । अपार्टमेन्टकाे १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । स्रोतका अनुसार कोरोना पोजिटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।  

स्रोतका अनुसार उक्त परिवार चैत पहिलाे साता लण्डनबाट फर्किएको थियो। र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् ।

आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस