२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

देशभरका बिद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

- विशेष खबर सोमबार १३, बैशाख २०७८ ०९:२०

देशभरका बिद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

'यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,' ति मन्त्रीले भने ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।           


#कोरोना माहामारि

प्रतिकृया दिनुहोस