२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, कुन क्षेत्र खुल्छन्, कुन खुल्दैनन् ?

- विशेष खबर सोमबार १३, बैशाख २०७८ ०२:०६

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा,  कुन क्षेत्र खुल्छन्, कुन खुल्दैनन् ?

काठमाडाैं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।

सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए ।

यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने पनि उनले बताए ।

उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि सहायक प्रजिअ बस्नेतले जनाए । दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो ।

उनका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ। एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।  अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।

खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। ‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,’ ती सिडिओले भने।

सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ। यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस