२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

काठमाडौं पछि ललितपुर प्रशासनमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द

- विशेष खबर आइतबार १२, बैशाख २०७८ ०७:१८

काठमाडौं पछि ललितपुर प्रशासनमा पनि अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयमा सोमबारबाट एक साताका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ ।

कोभिड संक्रमित प्रत्येक दिन बढ्दै गएकाले यस्तो निर्णय गरिएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिए । उनले अन्य कार्यालयमा पनि भीडभाड हुन नदिन आलोपालो पद्धतिबाट सेवा दिने व्यवस्था मिलाउन भनिसकेको बताए ।

जिल्लामा मालपोत, नापी, यातायात व्यवस्था कार्यालय, टेलिकम गरेर ६३ वटा कार्यालय छन् । प्रशासनबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता एक साताका लागि स्थगित गरिएको छ ।

शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम र अन्य अत्यावश्यक सिफारिसहरु भने सुचारु हुने बस्नेतले बताए ।

यसअघि काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिकाे थियाे । प्रशासनमा कार्यरत केही कर्मचारीसमेत कोरोनाबाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि (१३ देखि २० गतेसम्म) एक साताका लागि स्थगित गरिएको प्रशासनले आइतबार सूचनामार्फत जनाएको दिएको हो ।


#ललितपुर जिल्ला प्रशासन

प्रतिकृया दिनुहोस