सोमबार ०१, बैशाख २०७७ ०४:४२
काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएकाे हाे ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।
साेमबार नै कैलालीकाे लम्कीकी एक महिलामा संक्रमण देखिएकाे थियाे ।
प्रतिकृया दिनुहोस