२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण

- विशेष खबर आइतबार १२, बैशाख २०७८ ०४:३८

नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जना संक्रमित फेला परेको हो ।

त्यस्तै ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस