२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

एकैदिन २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

- विशेष खबर शुक्रबार १०, बैशाख २०७८ ०४:५९

एकैदिन २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७९८ पीसीआर परीक्षणबाट शुक्रबार २ हजार ४ ४९ जना संक्रमित फेला परेको हो । त्यस्तै ८६६ एन्टिजेन परीक्षणबाट ११० जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको छ । सक्रिय संक्रमित १४ हजार ७ सय २४ छन् भने क्वारेन्टाइनमा ७५ जना रहेका छन् ।


#कोरोना भाइरस #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस