२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

वीरगन्जबाट कैलाली आएकी ६५ वर्षीया बृद्धामा कोरोना संक्रमण

सोमबार ०१, बैशाख २०७७ १२:३०

वीरगन्जबाट कैलाली आएकी ६५ वर्षीया बृद्धामा कोरोना संक्रमण

धनगढी । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि चैत १७ मा लम्की आएकी थिइन् ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेभिट आएपछि सबैलाई चैत २८ मा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।


#काेराेना

प्रतिकृया दिनुहोस