२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

एकैदिन थप दुई हजार ४ सय २८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

- विशेष खबर बिहिबार ०९, बैशाख २०७८ ०५:१०

एकैदिन थप दुई हजार ४ सय २८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।  योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ। 

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५ जनाको संक्रमणबाट मृत्‍यु भएको छ ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस