२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह

- विशेष खबर बुधबार ०८, बैशाख २०७८ ०५:०३

अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको भन्दै अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने बताए। 

'संक्रमण दर अत्यधिक बढेको छ। हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ,' उनले भने, 'अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस्।'

साथै, मन्त्रालयले सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा पनि सहभागी नहुन अपिल गरेको छ। 

देशभर पछिल्लाे २४ घण्टामा मात्रै २ हजार ३ सय ५१ जनामा संक्रमण देखिएको छ। जुन गत कार्तिक एकैदिन देखिएको सर्वाधिक बढी संक्रमण हो ।


#कोरोना भाइरसको संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस