आइतबार ३०, चैत २०७६ ०९:४४
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ४ का दलित र अन्य विपन्न परिवारको तीन महिनाको विद्युत महशुल वडा कार्यालयले तिरिदिने भएको छ ।
शुक्रवार बसेको वडा समितिकाे बैठकले वडाभरीका सबै दलित र बिपन्न परिवारको वैशाख देखि असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको हो ।
लकडाउनका बेला काम नपाउँदा दलित र विपन्नहरूलाइ छाक टार्न समस्या भएकाले उनीहरुको विद्युत महशुल वडाले तिर्ने निर्णय गरिएकाे दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए ।
यसका लागि तथ्यांक संकलन गर्न वडासदस्य पिरा चुनाराको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिएको छ । समितिले वैशाख १५ सम्म रिपोर्ट बुुझाउने अध्यक्ष भट्टले बताए ।
गतसाता वडा कार्यालयले छाक टार्न समस्या भएका तथा ज्याला मजदुुरीमा निर्भर २११ जनालाई खाद्यान्न समेत वितरण गरेको थियो । यस्तै बैठकले यसअघि वडा कार्यालयलाई २४ क्विन्टल खाद्यान्न सहयोग गर्ने १४ जना र स्वयंसेविका,आमासमूह लगायतलाई धन्यवाद ज्ञापन समेत गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सबैले सतर्कता अपनाउन र सहयोग गर्न अनुुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस