२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

काेहलपुर दुर्घटनाका मृतक मध्ये चार जनाकाे सनाखत

- विशेष खबर शुक्रबार ०३, बैशाख २०७८ १०:४२

काेहलपुर  दुर्घटनाका मृतक मध्ये चार जनाकाे सनाखत

नेपालगन्ज । बाँकेको कोहलपुरमा शुक्रबार बस र टिप्पर ठोक्किदा ५ जनाको मृत्यु भएको छ । 
सुर्खेतबाट धरान जादै गरेको मे १ ख ३३४७ नम्बरको बस पुर्वबाट पश्चिम आउदै गरेको टिपरसंग ठोक्किएको हो ।

कोहलपुर नगरपालिका—१३ मा बांके राष्ट्रिय निकुन्ज सडक खण्डमा साझ ७ बजे दुर्घटना भएको हो । बसमा ४२ जना सवार थिए । घटनामा ३७ जना घाइते भएका छन् । ती मध्ये नौ जना गम्भीर अवस्थामा छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बालुवा बोकेको टिपरको अघिल्लो भाग ठोक्किएर कुच्चिएको छ भने बस नियन्त्रण भन्दा बाहिर गएर सडक मुनि पल्टिएको छ ।

दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालसहित एक महिला छन् । प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको रहेको प्रहरीले जनाएको छ ।  


#दुर्घटना

प्रतिकृया दिनुहोस