२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

सप्तरीमा हात्तीको आक्रमणबाट एकजनाकाे मृत्यु

- रासस शुक्रबार ०३, बैशाख २०७८ १०:२१

सप्तरीमा हात्तीको आक्रमणबाट एकजनाकाे मृत्यु

सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर ककांलिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर ककांलिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीय गगांप्रसाद साहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयले बताएका छन् । 


#हात्ती आक्रमण #सप्तरी

प्रतिकृया दिनुहोस