- विशेष खबर मङ्गलबार ३१, चैत २०७७ ०१:२४
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’, उनले भने ।
प्रतिकृया दिनुहोस