- विशेष खबर आइतबार २९, चैत २०७७ ०६:०१
काठमाडौं । नागार्जुन जंगलमा बिहानदेखि भीषण डढेलो लागेको छ । डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारी लगायत खटिएका छन् ।
जंगलको डढेलो निभाउन सेनाकाे दमकलका साथै हेलिकप्टरको प्रयोग गरिएको छ । सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएकाे र डढेलो लगभग नियन्त्रणमा रहेको छ ।
स्थानीयका अनुसार आइतबार बिहानदेखि डढेलो लागेको हाे । माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दै छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।
प्रतिकृया दिनुहोस