२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

कोरोनाबाट मृत्यु हुनेकाे संख्या ९५ हजार नाघ्यो, झण्डै १६ लाख संक्रमित (कुन देशमा कति)

शुक्रबार २८, चैत २०७६ ०९:२०

कोरोनाबाट मृत्यु हुनेकाे संख्या ९५ हजार नाघ्यो, झण्डै १६ लाख संक्रमित (कुन देशमा कति)

एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्। 

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

इटालीमा पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

कुन देशमा कति  

अमेरिका

संक्रमित: ४,६२,१३५
मृत्यु: १६,५१३
निको: २५,४१०

स्पेन
संक्रमित: १,५३,२२२
मृत्यु: १५,४४७
निको: ५२,१६५

इटाली
संक्रमित: १,४३,६६२
मृत्यु: १८,२७९
निको: २८,४७०

फ्रान्स
संक्रमित: १,१८,७८३
मृत्यु: १२,२२८

निको: २३,४४१

जर्मनी 
संक्रमित: १,१८,२३५
मृत्यु: २,६०७
निको: ५२,४०७

चीन
संक्रमित: ८२,८८३
मृत्यु: ३,३३९
निको: ७७,६७९

इरान
संक्रमित: ६६,२२०
मृत्यु: ४,११०
निको: ३२,३०९

बेलायत
संक्रमित: ६५,८७२
मृत्यु: ७,९९३
निको: ३५९

टर्की
संक्रमित: ४२,२८२
मृत्यु: ९०८
निको: २,१४२

बेल्जियम

संक्रमित: २४,९८३
मृत्यु: २,५२३
निको: ५,१६४

स्वीजरल्यान्ड
संक्रमित: २४,०५१

मृत्यु: ९४८
निको: १०,६००

भारत
संक्रमित: ६,७२५
मृत्यु: २२६
निको: ६२०

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १


(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)


#काेराेना

प्रतिकृया दिनुहोस