२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

बिस्काः जात्रा नरोक्न सर्वाेच्चकाे अन्तरिम आदेश

- विशेष खबर बुधबार २५, चैत २०७७ ०६:२०

बिस्काः जात्रा नरोक्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्का: जात्रा चैत २८ बाट हुँदैछ। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।.

भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का: जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, 'यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं।'

छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल-भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने चर्चा भयो।

जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ।

 


#बिस्काः जात्रा #सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस