२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण, ७४ जना डिस्चार्ज

- विशेष खबर बुधबार २५, चैत २०७७ ०६:१२

पछिल्लाे २४ घण्टामा थप २९८ जनामा कोरोना संक्रमण, ७४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २९८ कोरोना संक्रमित थपिएका छन् । बधुबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ७४ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ ।

नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।

त्यस्तै २ हजार २०१ जना आइसोलेसनमा र ६५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ९८ हजार १६७ पीसीआर परीक्षण भएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस