२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

एजेन्सी मङ्गलबार २४, चैत २०७७ १२:२६

नाइजेरियाको जेलबाट १८०० कैदी  फरार

काठमाडौं । नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।

सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएका बीबीसीले जनाएको छ ।प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द इन्डिजिनियर पिपल अफ बियफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर सो समूहले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।


प्रतिकृया दिनुहोस