बिहिबार २७, चैत २०७६ ०४:०९
काठमाडौं । सरकारले भोलि र पर्सी (शुक्रबार र शनिबार) काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको बिहीबार बसेको बैठकले दुइ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो ।
स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ । यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।
काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस