२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

देशभरिकै न्यूनतम तापक्रम बढ्याे, धेरै ठाउँमा चिसाे कम हुँदै

मङ्गलबार २८, माघ २०७६ १२:२६

देशभरिकै न्यूनतम तापक्रम बढ्याे, धेरै ठाउँमा चिसाे कम हुँदै

देशका धेरै ठाउँमा चिसो कम हुँदै गएको छ । देशभरिकै न्यूनतम तापक्रम बढ्दै गएपछि चिसो कम हुँदै गएको हो ।

मङ्गलबार बिहान काठमाण्डाैको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ । साेमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको मङ्गलबार बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डाैको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै साेमबार माइनस ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको मङ्गलबार बिहानको तापक्रम माइनस ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

यसैबीच अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालकाे हुनेछ । 


#चिसो #मौसम

प्रतिकृया दिनुहोस