२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

२७२७ पीसीआर परीक्षणगर्दा १२८ जनामा काेराेना

- विशेष खबर शनिबार २१, चैत २०७७ ०४:२०

२७२७ पीसीआर परीक्षणगर्दा १२८ जनामा काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १२८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा १६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस