२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

पछिल्लाे २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना, १ सय ११ जना डस्चार्ज

- विशेष खबर शुक्रबार २०, चैत २०७७ ०६:०५

पछिल्लाे २४ घण्टामा थप  १ सय ७९ जनामा कोरोना, १ सय ११ जना डस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेको छ ।

२४ घन्टामा १ सय ११ जना संक्रमणबाट मुक्त भएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ रहेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिए । मृतकको संख्या भने २ हजार ३१ रहेको छ ।


#कोरोना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस