२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप १६२ मा कोरोना संक्रमण, ५९ जना डिस्चार्ज

- विशेष खबर बुधबार १८, चैत २०७७ ०६:१६

थप १६२ मा कोरोना संक्रमण, ५९ जना डिस्चार्ज

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिए । 

आज थपिएका १६२ संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय संक्रमित संख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । आज कुनै पनि संक्रमितकाे निधन भएको छैन । 

यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरी ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिए।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस