२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

उपत्यका भित्रिने नाकामा स्वास्थ्य जाँच अनिवार्य, ज्वरो देखिए पिसीआर रिपोर्ट चाहिने

- विशेष खबर बुधबार १८, चैत २०७७ ०६:०५

उपत्यका भित्रिने नाकामा स्वास्थ्य जाँच अनिवार्य, ज्वरो देखिए पिसीआर रिपोर्ट चाहिने
काठमाडाैं प्रवेश गर्ने मुख्य नाका नागढुगां । फाइल तस्बिर ।

काठमाडाैं । कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। 

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो।  बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएको छ।

ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। 

‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ पराजुलीले भने। परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ। 

नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन्। लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन्।


#काठमाडौं #कोरोना महामारी

प्रतिकृया दिनुहोस