२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

३ हजार १ सय २२ पीसीआर परीक्षणगर्दा १४१ जनामा कोरोना संक्रमण

- विशेष खबर सोमबार १६, चैत २०७७ ०४:५९

३ हजार १ सय २२ पीसीआर परीक्षणगर्दा १४१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार थपिएका १४१ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ पीसीआर परीक्षण भएका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय #पीसीआर परीक्षण

प्रतिकृया दिनुहोस