सोमबार २४, चैत २०७६ ०५:५७
काठमाडौं । चैत ११ गते देखि जारी लकडाउन सरकारले एक साता अर्थात वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउनकाे समय थप्ने निर्णय गरेको हो ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारलरेको थियो।
भाेलि मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ।
सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा जम्मा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ।
दुबईबाट फर्किएका धनगढीका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।
प्रतिकृया दिनुहोस