- रासस शुक्रबार १३, चैत २०७७ १२:४३
गलेश्वर । म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।
जन्मथलो म्याग्दीबाट बसाइँ सरी रूपन्देहीमा बसोबास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रूपन्देहीमा बसोबास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।
‘बेनीको बजार’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि यसले निकै चर्चा कमाएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र उनको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ ।
लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याले ग्रस्त गायक श्रेष्ठले निरन्तर रूपमा डायलसिस गराइरहेका थिए । उनको निधनले लोकसंगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरूले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदा समेत श्रेष्ठ सांगीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियमलगायत थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।
२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार’ गीत गाएका थिए । उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस