२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो

- विशेष खबर बिहिबार १२, चैत २०७७ ०२:५०

भागरथी हत्या प्रकरणः  अभियुक्तसँग डीएनए मिल्यो

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ । बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए । 'अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको छ,' उनले भने ।

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।


#भागरथी हत्या प्रकरण #बैतडी

प्रतिकृया दिनुहोस