२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

४० वर्ष भारतीय जेल बसेर स्वदेश फर्किएका दुर्गाप्रसाद पाए नेपाली नागरिकता

- विशेष खबर बिहिबार १२, चैत २०७७ ०१:२२

४० वर्ष भारतीय जेल बसेर स्वदेश फर्किएका दुर्गाप्रसाद पाए नेपाली नागरिकता

काठमाडाैं । विनाकसुर ४० वर्ष भारतीय जेलमा बसेर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार ६१ वर्षको उमेरमा नागरिकता लिएका छन् । भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता दिएको हो । 

गोपाल उनका कान्छा भाइका छोरा हुन् । दुर्गाप्रसाद साबिकको एकतप्पा गाविसमा २०१७ साउन २० गते जन्मिएको नागरिकतामा उल्लेख छ । हालको ठेगाना भने माई नगरपालिका–१० लुम्बाक राखिएको छ ।

दुर्गाप्रसादका बुबा चम्पाखरको पहिल्यै मृत्यु भइसकेको छ । आमा धनमाया लुम्बाकमै बसोबास गर्छिन् । बुढ्यौलीले कमजोर भएकाले उनी छोरालाई नागरिकता बनाइदिन सदरमुकाम आउन नसकेकी हुन् ।

दुर्गाप्रसादको नागरिकतामा प्रशासकीय अधिकृत देवीचरण फुयाँलले हस्ताक्षर गरेका छन् । २० वर्षकै उमेरमा भारत छिरेका उनको जेल परेपछिको अदालती कामकारबाहीमा भने दीपक जैसी भनी नाम उल्लेख गरिएको छ ।

उनको नागरिकता बनाउन बुधबार वडा कार्यालयले सिफारिस गरिदिएको थियो । भारतीय अदालतमा पेस गर्नका निम्ति बुधबारै भाइ प्रकाश, भतिज गोपाल र दुर्गाप्रसादको नाता प्रमाणितसमेत गरिएको छ ।


#दुर्गाप्रसाद तिम्सिना

प्रतिकृया दिनुहोस