२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

देशका पहाडी भू-भागहरुमा हल्का वर्षाको सम्भावना

- विशेष खबर बिहिबार १२, चैत २०७७ ०९:२२

देशका पहाडी भू-भागहरुमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ । यो अवधिमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचतेसमेत गराएको छ ।


#मौसम पूर्वानुमान

प्रतिकृया दिनुहोस