२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

अनावश्यक भीडभाड नगर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयकाे अनुराेध

- विशेष खबर बुधबार ११, चैत २०७७ ०८:३४

अनावश्यक भीडभाड नगर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयकाे अनुराेध
फाइल तस्बिर ।

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न सबैमा अनुराेध गरेकाे छ ।

बुधबार काठमाडौं,ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले भीडभाड हुने कार्यहरू नगर्न अनुराेध गरेकाे हाे ।

‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो।

काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ। ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो। त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरूको व्यवस्था मिलाउन भनिएको छ।  

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो। त्यही परिपत्र अनुसार ललितपुरले अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा लगाउने निर्णय गरेको छ।


#जिल्ला प्रशासन कार्यालय #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस