२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना डिस्चार्ज

- विशेष खबर बुधबार ११, चैत २०७७ ०६:११

थप १४५ जनामा कोरोना संक्रमण पुष्टि,  ९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् ।

सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौं ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका उनले बताए । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ ।सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२ रहेका छन् । सोही अवधिमा थप १ जनाको मृत्यु भएको छ । मृतकको संख्या हालसम्म ३ हजार ३२ रहेको छ ।

पीसीआर परीक्षण भने २२ लाख ४८ हजार ९ सय ९३ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५२ जना छन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस