२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना संक्रमण

- विशेष खबर मङ्गलबार १०, चैत २०७७ ०६:३१

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हालसम्म देशभर २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

२४ घण्टाको अवधिमा सोमबार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस