२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

सुनको मूल्य तोलामा ५०० ले बढ्याे

- विशेष खबर आइतबार ०८, चैत २०७७ ०३:५८

सुनको मूल्य तोलामा ५०० ले बढ्याे

काठमाडौं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस