२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

दाेगडाकेदारमा वडाध्यक्ष परस्त्रीसँग होटलमा भेटिए, दुवै प्रहरी नियन्त्रणमा

- रासस शुक्रबार ०६, चैत २०७७ १०:५४

दाेगडाकेदारमा वडाध्यक्ष परस्त्रीसँग होटलमा भेटिए, दुवै प्रहरी नियन्त्रणमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा साेही गाउँपालिकाकी एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

वडाअध्यक्ष महरा नेकपा एमालेबाट निर्वाचित हुन्। उनीहरु दुवैलाई शुक्रबार बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै जना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

शंकास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, 'दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ,' उनले भने, 'अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।'

 


#बैतडी

प्रतिकृया दिनुहोस