२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

लमजुङमा चट्याङ लागेर एकको मृत्यु , दुई गम्भीर घाइते

- रासस मङ्गलबार ०३, चैत २०७७ ०८:०३

लमजुङमा चट्याङ लागेर एकको मृत्यु , दुई गम्भीर घाइते

लमजुङ  । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज दिउँसो चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार सो विद्यालयका कक्षा १० मा अध्ययनरत छविन्द्र गुरुङ र मनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धारबापत लाग्ने खर्च सो गाउँपालिकाले ब्यहोर्ने प्रजिअ शर्माको भनाइ छ ।

उनीहरु विद्यालयको कक्षाकोठामै चट्याङ लागेर घाइते भएका र सोही कक्षामा रहेका अन्य विद्यार्थीलाई भने केही नभएको वडाध्यक्ष खेमबहादुर गुरुङले बताए । घाइतेको हातखुट्टा र शरीरको अन्य भागमा चोट लागेको छ ।


#चट्याङ #लमजुङ

प्रतिकृया दिनुहोस