२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु , ७ जना घाइते

- विशेष खबर मङ्गलबार ०३, चैत २०७७ ०६:४३

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु , ७ जना घाइते

काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौं पठाउन लागिएको मेयर खत्रीले जानकारी दिए ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको डीएसपी लामाले जानकारी दिए ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको लामाको भनाइ छ । जिपमा ११ जना सवार थिए ।


#दुर्घटना

प्रतिकृया दिनुहोस