२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

प्रतिनिधिसभा बैठक बस्दै

- विशेष खबर मङ्गलबार ०३, चैत २०७७ ०१:०१

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडाैं । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो ।

प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठकसमेत बसेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो ।


#प्रतिनिधिसभा

प्रतिकृया दिनुहोस