२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

- रासस मङ्गलबार ०३, चैत २०७७ १२:३६

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई ३ वर्ष ६ महिना कैदमा राख्ने फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर भएपछि महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए ।

अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस