२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

सिरहाको मालपोत कार्यालयमा बम बिस्फोट, ७ जना घाइते

- विशेष खबर आइतबार ०१, चैत २०७७ ०२:५८

सिरहाको मालपोत कार्यालयमा बम बिस्फोट, ७  जना घाइते

काठमाडाैं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ६ जना पुगेको छ।

घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।

मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिए।

उनका अनुसार बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।

गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्।


#बम बिस्फोट

प्रतिकृया दिनुहोस