एजेन्सी शनिबार २९, फागुन २०७७ ०७:१६
नयाँ दिल्ली । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
शुक्रबारको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ ।
कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।
प्रतिकृया दिनुहोस