२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

- विशेष खबर शनिबार २९, फागुन २०७७ ०८:५२

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए । 


#दुर्घटना

प्रतिकृया दिनुहोस