२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

काेराेना संक्रमण नियन्त्रण गर्न जापानमा ७३ देशका नागरिक प्रवेशमा रोक

बिहिबार २०, चैत २०७६ ०८:५४

टोकियो (एजेन्सी) । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिबन्ध लगाइएको बताए । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् ।

अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् । राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेकाे हो ।

जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए । स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या झन्डै तीन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस